सुनको मूल्य रु ३०० ले वृद्धि - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

सुनको मूल्य रु ३०० ले वृद्धि

साइनो समाचारदाता । स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा आज रु ९४ हजार ३०० पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आज रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

 

 

रासस

सम्बन्धित खवर