५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

साइनो समाचारदाता
पर्सा । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुर रहेका छन् ।

बुधबार साँझ ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर