रतुवामाईमा १६ जना जुवाडे पक्राउ - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

रतुवामाईमा १६ जना जुवाडे पक्राउ

साइनो समाचारदाता । मोरङको रतुवामाई नगरपालिका ८ बाट जुवातास खेलिरहेका १६ जना पक्राउ परेका छन् । स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेकाहरूलाई प्रहरीले शुक्रबार राति साढे ११ बजे पक्राउ गरेको हो ।

विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ सहित उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनीहरूको साथबाट कौडा १६ थान, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाइकल १९ वटा र दुई वटा कार बरामद भएको खड्काले बताए।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ७ डिल्लीराम चौलागाईं, मोती पौडेल, रामनाथ मैनाली, देवीप्रसाद प्रसाईं, रामनाथ नेपाल, हेमलाल प्रसाईं, नारायण चुँडाल रहेका छन् । यस्तै, रतुवामाई नगरपालिका ८ का सन्तबहादुर राई, सागर गड्तौला, दीपक ढुङ्गाना, देवराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रविन पोखरेल र बेलबारी नगरपालिका ७ का गणेश श्रेष्ठ छन्। पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी उपरीक्षक खड्काले बताए।

सम्बन्धित खवर