विप्लवका तीनजना विद्यार्थी नेता पक्राउ - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

विप्लवका तीनजना विद्यार्थी नेता पक्राउ

साइनो समाचारदाता
काठमाडौँ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीनजना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर–३ घर भएका २४ वर्षीय मेगेन्द्र न्यौपाने, कालिकोट पन्चालझर्ना गाउँपालिका–४ घर भएका २५ वर्षीय हंशराज सेजुवाल र काभ्रे घर भएका १८ वर्षीय रमेश क्षेत्री रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको हो । परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ पर्नेहरु तिनैजना विद्यार्थी नेता हुन् । यद्यपि उनीहरुले संगठनमा आफ्नो भूमिकाबारे प्रहरीसमक्ष बताएका छैनन् । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर