पथरी हस्पिटलमा पनि स्वाब संकलन सुरु - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

पथरी हस्पिटलमा पनि स्वाब संकलन सुरु

साइनो समाचारदाता
पथरी । मोरङको पथरीमा रहेको पथरीहस्पिटलमा कोरोना परिक्षणका लागि स्वाब संकलन कार्य शुरु भएको छ । पथरीशनिश्चरे नगरपालिका, इश्वर फार्मेशी तथा पथरी हस्पिटलको सहकार्य तथा BIDH LABORATARY काठमाडौँको प्राविधिक सहयोगमा स्वाब संकलन शुरु भएको हो ।

बिहान ७ बजेदेखि १० बजेसम्म स्वाब संकलन गरि काठमाडौँ पठाइने र सोही दिन नै रिपोर्ट दिइने पथरी हस्पिटलका सञ्चालक इश्वर सापकोटाले बताए । पुरानो बाणिज्य बैँक भएको भवनमा स्वाब संकलन गरिने र तत्काल काठमाडौँ पठाउने हुनाले स्वाबको रिपोर्ट सोही दिन आउने हुँदा स्वाब दिनेले लामो समयसम्म रिपोर्ट कुर्नुपर्ने समस्या समेत नहुने उनले बताए । आज पहिलो दिन ८ जनाले स्वाब दिएका छन् । स्वाब संकलनका लागि तोकिएको शुल्क भन्दा अन्य शुल्क समेत लाग्ने छैन ।

सम्बन्धित खवर