निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्ने तीनै जना पक्राउ - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्ने तीनै जना पक्राउ

साइनो समाचारदाता
काठमाडौँ । निकिशा श्रेष्ठमाथि दुव्र्यवहार गर्ने र भिडिओ अपलोड गर्ने तीनै जना पक्राउ परेका छन् । निकिशामाथि दुर्व्यवहार गर्ने तीनै जनालाई महानगरीय प्रहरी परिसर, भक्तपुरले बिहीबार पक्राउ गरेको हो । प्रहरीले भक्तपुर महानगरपालिका ५ टौमढीका १७ वर्षीय विशेष जोशीलाई बिहान पक्राउ गरेको थियो । अन्य दुई जना किशोरलाई पनि दिउँसो पक्राउ गरेको परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

वडा नम्बर १ भारबा चोकका १९ वर्षीय सफिल खत्री र १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ती किशोरको उमेर कम भएको हुँदा परिचय खुलाएको छैन । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सफिल खत्रीले बाइक चलाएका थिए । ’सफिल खत्रीले बाइक चलाएका रहेछन् । पछाडि बस्ने ती किशोरले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका रहेछन्,’उनले भने ।

उनीहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । ’पीडितले दिएको जाहेरीअनुसार र सरकारी वकिलको सुझाव अनुसार हामीले अनुसन्धान र कारबाहीको प्रकृया अगाडि बढाउँछौं,’ उनले भने । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ । निकिशामाथि भक्तपुरको वडा नम्बर एकमा सफिल खत्रीलगायतले अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार गरेको भिडिओ भाइरल बनेपछि चर्को विरोध भएको थियो ।

सम्बन्धित खवर