नगदसहित ११ जना जुवाडे पक्राउ - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

नगदसहित ११ जना जुवाडे पक्राउ

साइनो समाचारदाता
काठमाडौँ । नगदसहित ११ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कालीकोटको खाडाचक्र नगरपालिका–१ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा जुवा खेलिरहेको समयमा ११ जना पक्राउ परेका हुन् ।

गएराति जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट नगद ८९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ११ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर