पूर्वगाविस अध्यक्षको निधन - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

पूर्वगाविस अध्यक्षको निधन

साइनो समाचारदाता । मोरङको साविक मधुमल्ला गाविसका पूर्वअध्यक्ष काशीनाथ पौडेलको आज निधन भएको छ । ७० वर्षीय पौडेलको उपचारका क्रममा दिउँसो काठमाडौँमा निधन भएको हो ।

पेटमा समस्या भएपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियोे । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियोे । पौडेल दमकका सहकारी संस्थाद्धारा सञ्चालित अन्तरसंस्था बहुद्धेश्यीय कृषि उद्योग केन्द्रका अध्यक्षसमेत हुनुहुन्थ्यो ।

 

रासस

सम्बन्धित खवर