नेकपा सचिवालय बैठक सुरू - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

नेकपा सचिवालय बैठक सुरू

साइनो समाचारदाता
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ । शुक्रबार अपरान्ह ४ बजेपछि बालुवाटारमा बैठक सुरू भएको हो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गर्दै आए पनि अर्का अध्यक्ष केपी शर्मा ओलीले भने बैठक टार्दै आइरहेका थिए ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच विवाद चुलिँदै गएको छ । ओली(प्रचण्डले एक अर्कालाई आरोप(प्रत्यारोप लगाउँदै आइरहेको छ । जसले गर्दा दुई अध्यक्षको सम्बन्धमा तिक्तता बढ्दै गइरहेको छ ।

सम्बन्धित खवर