कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

कालीकोटका शैक्षिक अभियानकर्मी विष्टको निधन

साइनो समाचारदाता । कालीकोटका शैक्षिक अभियानकर्मी कालीबाहन विष्टको ६८ वर्षका उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहका बिरामी विष्टको काठमाडाँैंमा उपचारका क्रममा आज बिहान निधन भएको छोरा रोहनले जानकारी दिनुभयो ।

नरहरिनाथ गाउँपालिका – ८ लालु स्थायी घर हुनुभएका विष्टले लामो समय जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गर्नुभएको थियो । उहाँ कालीकोटमा शिक्षाको ज्योति फैलाउने अग्रणी व्यक्तित्व हुनुभएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । उहाँ नेपाल सरकारबाट समेत सम्मानित हुनुहुन्थ्यो ।

 

रासस

सम्बन्धित खवर