पटाका पड्काउने क्रममा आगलागी हुँदा ६ घर जले - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

पटाका पड्काउने क्रममा आगलागी हुँदा ६ घर जले

साइनो समाचारदाता
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बालबालिकाले पटका पड्काउने क्रममा आगलागी हुँदा ६ वटा घर जलेको छ । नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो ।

बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १र१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जल्दा झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीले सबैभन्दा बढी क्षती राजकुमार मुखियाको घरमा गरेको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर