मोफसलमा पहिलो पटक प्रिमियर लिग हुने - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

मोफसलमा पहिलो पटक प्रिमियर लिग हुने

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थानिय खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक फ्रेन्चाईज लिग हुने भएको छ । २७ गते विहिबार पथरिशनिश्चरे फुटबल प्रीमियर लिग समितिले पत्रकार सम्मेलन गर्दै प्रिमियर लिग २०७७ हुने जानकारी दिएको हो ।

नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडि दिपक राईले जानकारी दिए । १५ दिनसम्म चलने प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका भित्रका खेलाडिले मात्र सहभागीता जनाउन पाउने राईले बताए ।

पथरीशनिश्चरे नगरपालिका भित्रका ३५० जना खेलाडिले अक्सनमा सहभागिता जनाएका थिए भने १४४ खेलाडी नगरका बिभिन्न ८ क्लवमा आवद्ध भएका छन । खेलाडीलाई व्यवसायीक बनाउने उद्धेश्यले सुरु हुन लागेको प्रतियोगीतामा प्रत्येक क्लबले मार्कि खेलाडी सहित १८ जना खेलाडी छनौट गर्नु पर्ने छ ।

प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लबले सहभागिता जनाउने आयोजक समितिका संयोजक सन्जीब गिरिले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार रुपैयाँ नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन भने उपबिजेताले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन । प्रतियोगीतामा सहभागी क्लवले नगद १० हजार शुल्क बुझाउनु पर्ने छ । प्रतियोगितामा १२,००,००० अनुमानित रकम खर्च हुने आयोजक कमिटिले बताएको छ ।

सम्बन्धित खवर