महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती मनाइँदै - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती मनाइँदै

साइनो समाचारदाता । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मिनुभएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गर्नुभएको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेकामा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण उहाँको योगदानको चर्चा गरेर मनाउन लागिएको किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो ।

 

रासस

सम्बन्धित खवर