बसको ठक्करबाट एक जनाको मृत्यु - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

बसको ठक्करबाट एक जनाको मृत्यु

साइनो समाचारदाता
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको बसले मंगलबार बिहान साढे ४ बजे ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।

तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले उनलाई ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर