करेन्ट लागेर बालकको मृत्यु - Sainokhabar
  • मङ्गलबार, मङि्सर १६, २०७७

करेन्ट लागेर बालकको मृत्यु

साइनो समाचारदाता । करेन्ट लागेर पाल्पामा एक बालकको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका वडा नम्बर १ स्थित कचलमा स्थानीय टीका कुमारी गाहाको ९ वर्षीय छोरा सुरजको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा उनी बिजुलीको पोलमा चढेको र सोही क्रममा करेन्ट लागि घाइते भएका थिए । उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर