नगदसहित आठ जुवाडे पक्राउ - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

नगदसहित आठ जुवाडे पक्राउ

साइनो समाचारदाता
बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका–९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका–३ का तेजविक्रम क्षेत्रीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद रु ५४ हजार ७०० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

 

रासस

सम्बन्धित खवर