हरियालीद्धारा दुई पत्रकारलाई सम्मान - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

हरियालीद्धारा दुई पत्रकारलाई सम्मान

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ मा रहेको हरियाली सामुदायीक वनले नगरका २ जना सक्रिय पत्रकारलाई सम्मान गरेको छ । बनले १५ औँ वार्षिक साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ मोरङका सह–सचिव तथा अनमोलमणी साप्ताहिकका प्रकाशक सन्तोष राई र ब्लाष्ट खबरका पथरी संवाददाता दिनेश सुब्बालाई सम्मान गरेको हो । सम्मानित दुवैलाई सम्मान पत्र र मायाको चिनो सहित बनका अध्यक्ष बिकास मगरले सम्मान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले हरियाली सामुदायीक बनको प्रगतिको प्रशंसा गर्दै बनले ल्याएका पर्यटनसम्बन्धी कार्यक्रममा नगरपालिकाले सहकार्य गर्ने बताए । सामुदायीक बनले गरिबि न्यूनिकरण, बन संरक्षण, बन्यजन्तु संरक्षण, जेहेनदार विद्यार्थी सम्मान, लगनशिल कर्मचारी सम्मान लगायतका कार्य गर्दै आम्दानिको ३५ प्रतिशत रकम सामाजिक काममा खर्च गरेका कारण गएको वर्ष ‘गणेशमान सिंह सामुदायीक बन राष्ट्रिय पुरस्कार’ र जिल्ला उत्कृष्ट प्रथम पुरस्कार प्राप्त गरेको थियो ।

सामुदायीक बनले आ.व ७६/७७ मा १ करोड १५ लाख ३९ हजार ५ सय ३ रुपैयाँ आम्दानि तथा १ करोड ७ लाख ७९ हजार ८ सय ६६ रुपैयाँ खर्च गरेको छ । बनले यस आ.व मा ७ लाख ५९ हजार ६ सय ३७ रुपैयाँ बचत गरेको छ । बनले गरिव तथा जेहेनदार छात्रबृत्ति कार्यक्रम अन्तर्गत वन विज्ञानमा अध्ययनरत मनिका पाण्डे र आँखा विषेषज्ञको अध्ययन गरिरहेका चिना चेम्जोङ लिम्बुलाई पनि जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ । साथै हरियाली बनका २ कर्मचारी, २ जना टोली प्रमुख र ३ जना जेष्ठ नागरीक एवम अपाङ्गलाई पनि सम्मान गरेको छ ।

सम्बन्धित खवर