पथरीमा थप १० जना संक्रमित - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

पथरीमा थप १० जना संक्रमित

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।प्रदेश सरकारको प्रयोगशालामा ३९ जना नयाँ र १८ जना यसअघि संक्रमित भएकाहरुको गरी कुल ५७ जनाको नमूना परीक्षण गरिएको थियो ।

आज आएको रिपोर्टमा, नयाँमा १० जना र पुरानामा ३ जना गरी १३ जनामा संक्रमण देखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । जसमा ७ महिला र ६ पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा नगरपालिकाका कर्मचारी सहित समुदायका व्यक्तिहरु रहेका छन् । जसमा, वडा नम्वर १ का ५ महिला र ३ पुरुष, २ का १ पुरुष, ४ का २ पुरुष, ५ की १ महिला र १० का १ पुरुष रहेका छन् । नगरमा कोरोना संक्रमणबाट हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमण बढ्दो क्रममा रही ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको अवस्थामा नगर प्रमुख दिलीपकुमार राईले अनिवार्य मास्कको प्रयोगका साथै साबुनपानीले हात धुने, सेनिटाइजर लगाउने, भिडभाड नगरी कम्तिमा डेढ मिटरको दूरी कायम गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा आव्हान दोहोर्याउनु भएको छ । चाडपर्वमा पाहुना जाने र पाहुना आउने नगरी आआफ्नै घरमा बसेर स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गर्नुभएको छ ।

सम्बन्धित खवर