श्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

श्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ

साइनो समाचारदाता
काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर