चरेससहित ४ जना पक्राउ - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

चरेससहित ४ जना पक्राउ

साइनो समाचारदाता
काठमाडौं । अवैध लागूऔषध चरेश सहित चार जनालाई प्रहरीले काठमाडौंको गौरिघाटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दीपक तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–७ स्थित गौरिघाट क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट १.८ केजी चरेश बरामद भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । पक्राउ परेका चारैजनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित खवर