लेटाङ नगरको गौरवको योजना पुल सिलन्यास - Sainokhabar
  • सोमबार, मङि्सर १५, २०७७

लेटाङ नगरको गौरवको योजना पुल सिलन्यास

साइनो समाचारदाता
पथरी । मोरङको लेटाङ नगरपालीकाको गौरवको योजनामा रहेको भुवाखोला पक्किपुलको आज सिलन्यास भएको छ । वडा नं. ६ र ७ लाई जोड्ने पुल बन्दा पहाडी भेगका धेरै पालिकाहरुले खोलाका कारण बर्खायाममा नगर संग जोडिन समस्या रहेका कारण नगरवासीले दुख पाउदै आएका छन ।

पुल ५ करोड ५१ लाख ८ सय ८६ लागतमा एपेक्स जोशी जेभि कम्पनीले २ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने जिम्मा लिएको छ । पुलको लम्बाई ५१ मिटर र चौडाई ७ मिटरको रहने पुलको प्रदेश सरकार र लेटाङ नगरपालिकाको संयुक्त लगानिमा निमार्ण सुरु भएको छ । पुलको सिलन्यास गर्दै २ बर्ष भित्र पुल निमार्ण सम्पन्न गरि जनतालाई सुबिधा दिने र पहाडी भेगका विद्यार्थी, विरामी र पहाडी भेगका साग्सब्जीले बजार पाउने नगर प्रमुख शंखर राईले बताउनु भयो ।

प्रदेश सरकार र नगरपालिकाको लगानिमा सुरु भएको पुल निमार्ण पछि नगरवासीले बर्खा याममा झेल्दै आएको समस्या समाप्त हुने उपमेयर कृष्णकुमारी पोख्रेल (निरौला) बताउनु भयो ।

सम्बन्धित खवर