कोरोना सम्बन्धी सन्देशमुलक सर्टमुभी ‘कहर’ सार्वजनिक - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

कोरोना सम्बन्धी सन्देशमुलक सर्टमुभी ‘कहर’ सार्वजनिक

साइनो समाचारदाता
पथरिशनिस्चरे । कोरोना महामारी र त्यससको हेलचेक्र्याईले निम्त्याउन सक्ने जोखिमलाई मुख्य सन्देश दिने हेतुले बनाइएको नेपाली छोटो फिल्म ‘कहर’ सार्वजनिक भएके छ । पि एल टिभी एचडीको अफिसियल यूट्युब च्यानलम मार्फत उक्त फिल्म सार्वजनिक गरिएको हो ।

दर्जनौ गितमा मोडलिङ समेत गरिसकेका मोडल अनुप योञ्जनको लेखन तथा निर्देशन रहेको उक्त फिल्ममा सुमन बिक, अभिशेक मगर, प्रदिप कुमार राइ, राम कुमार राई र संगम लामा मुख्य भूमिकामा रहेका छन् । युवापुस्तामा रहेको अटेरीपन स्वभाव र लापरबाहीले कोरोना झन झन फैलीदै गएको उक्त फिल्ममा देखाइएको छ ।

कोरोना भाइरसका कारण विश्वभरका मानिषहरु त्रसित भै रहेको अवस्थामा कोरोना बाट बच्नका लागि समुदायमा के गर्नु हुन्छ के गर्नु हुदैन भन्ने बिषय मा आधारित रहेर समाजमा जनचेतना फैलाउनु नै यो चलचित्र निर्माण गर्नुको प्रमुख उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ । पिस ल्याम्प इन्टरटेन्मेन्ट प्राली तथा पिएल टिभि एच डिको ब्यानरमा तयार भएको चलचित्रलाई अनुप योञ्जनले निर्माण गरेका हुन भने चलचित्रमा छायांकन र सम्पादन उज्वल बल तामाङको रहेको छ ।

भिडियो हेर्नुहोस :

 

 

सम्बन्धित खवर