थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar
  • सोमबार, मङि्सर १५, २०७७

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

सम्बन्धित खवर