कोरोना पोजेटिभ देखिएकी पूर्वसभामुख महराकी पत्नी सीताको निधन - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

कोरोना पोजेटिभ देखिएकी पूर्वसभामुख महराकी पत्नी सीताको निधन

साइनो समाचारदाता
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । निमोनिया र कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए ।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आज बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको हो । उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

सम्बन्धित खवर