१० किलो गाँजासहित एकजना पक्राउ - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

१० किलो गाँजासहित एकजना पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । १० किलो लागूऔषध गाँजासहित एक युवकलाई सिराहा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ बस्ने ३७ वर्षीय बुद्धबहादुर तामाङलाई १० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

को.९ प. २१९५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई धनगढीमाई नगरपालिका(१४ भालुटार सखुवाचौरीबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीको टोलीले पक्राउ गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए । गाँजासहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर