थप ३११४ जनामा कोरोना संक्रमण - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

थप ३११४ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

सम्बन्धित खवर