घर घरमा सामाजिक सुरक्षा भत्ता - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

घर घरमा सामाजिक सुरक्षा भत्ता

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे १० नम्वर वडा कार्यालयले हिँडडुल गर्न नसक्ने वडाका असक्तहरुका लागि घर घरमा गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक किस्ताका रुपमा सोमबार जिरिखिम्ती, ऐयावारी, चौकीडाँडा सहितका १८ जनाका लागि घरमै पुगेर भत्ता वितरण गरिएको हो । कार्यवाहक वडाध्यक्ष मैनादेवी फूँयल आचार्यको अगुवाईमा कुमारी बैंक पथरी शाखाका कर्मचारीहरुमार्फत भत्ता वितरण गरिएको हो । आइतबार पनि २ जनालाई यसखाले भत्ता वितरण गरिएको थियो ।

 

 

सम्बन्धित खवर