राजा आउ, देश बचाउ भन्दै बुटवलमा उर्लियो जनसागर - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

राजा आउ, देश बचाउ भन्दै बुटवलमा उर्लियो जनसागर

साइनो समाचारदाता । राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि राजावादीहरुले बुटवलमा विशाल जनप्रर्दशन गरेका छन । आयोजना रुपन्देहीको मणिग्राम बाट सुरु भएको वीर गोरखाली अभियान नाममा संगठित राजावादीहरुको मोटरसाइकल र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा करिव १ हजार ५ सय बढी मोटरसाइकिल १ सय बढी कार सहभागिता रहेको थियो ।

दिउसो २ वजे रुपन्देहीको मणिग्रामवाट शुरु भएको मोटरसाईकिल रयाली शंकरनगर योगिकुटी, कालिकानगर राजमार्ग चौराहा, मिलनचोक, वसपार्क अस्पताल लाईन, अमरपथ ,हाटबजार ,गोलपार्क हुदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संम्बिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले रुपन्देही सहित बुटवलको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कोण सभालाई सम्वोधन गदै वीर गोरखाली अभियानका अभियान्ता वसन्त विक्रम पाण्डेले राजतन्त्रको पक्षमा र गणतन्त्रको विरुद्धमा जनलहर बढीरहेको भन्दै यो जनलहरलाई गणतन्त्रको मलामीमा परिणत गर्न आह्वान गरे । प्रदेश ५ को राजधानी बुटवलवाट सारिएको तर्फ ईंगित गदै उनले दिल्लीमा रहेको नेपालको राजधानी पहिला काण्ठमाडौमा ल्याउँ त्यसपछि मात्र बुटवल राजधानीका वारेमा सोचौला भने । कार्यक्रममा डिल्लीराम खनाल, प्रविण थापा मगर, सौरभ भण्डारी लगाएतले राजतन्त्रको आवश्यकताको वारे प्रकास पार्दै हिउदे वाली स्याहारेसंगै गणतन्त्रको विदाई गर्ने आन्दोलन चर्कीने दाबी गरेका थिए ।

छोटो समयको सूचनामा पनि राजतन्त्रको पक्षमा रुपन्देहीमा व्यापक जनसहभागिता जुटेको अभियानका सल्लाहकार शक्ति सापकोटाले बताए । श्रीपेच र मुलुकको रक्षाका लागि राष्ट्रवादी युवाहरु वीर गोरखाली अभियानमा संगठित भएको सन्तोश राजावादीका नामले परिचीत अर्का अभियन्ताले जानकारी दिए । रुपन्देही सहित देशका ४५ जिल्लामा संगठन बिस्तार भएको अभियानले यसअघि राजधानी काठमाण्डौं,भक्तपूर,चितवन,हेटौडा,सर्लाही,तनहूँ लगायतका जिल्लामा जनप्रदर्शन गरिसकेको र तिहार लगत्तै बिराटनगर,चितवन लगायतका ठाउमा प्रदर्शन गर्ने कार्यक्रम रहेको समेत उनले बताए ।

सम्बन्धित खवर