अरिङ्गालले टोकेर एक महिलाको मृत्यु - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

साइनो समाचारदाता
डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

गोठालो गएकोबेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको स्थानीय गोबिन्द विकले जानकारी दिएका छन् । यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपालीको रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको पनि अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।

सम्बन्धित खवर