लागुऔषधसहित एक पक्राउ - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

लागुऔषधसहित एक पक्राउ

साइनो समाचारदाता
धनगढी । धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । पक्राउ परेका रानालाई लागुऔषध खैरो होरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

नगदसहित २९ जुवाडे पक्राउ

कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ ।

यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद रु दुई लाख ५१ हजार ४०० सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । उनीहरुको साथबाट आठ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

रासस

सम्बन्धित खवर