थप २५०८ जनामा कोरोना संक्रमण - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

थप २५०८ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी बितेको २४ घण्टामा थप २ हजार २६४ जनाले कोरोनालाई जितेका छन् । यससँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् । यसैगरी बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९३७ पुगेको छ । यस्तै हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन्

सम्बन्धित खवर