पथरीमा कोरोनाबाट थप १ को मृत्यु, २३ जना संक्रमित - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

पथरीमा कोरोनाबाट थप १ को मृत्यु, २३ जना संक्रमित

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । पछिल्लो पटक वडा नम्बर १ वीपी चोक निवासी समाजसेवी ज्येष्ठ नागरिक लछुमण गजमेरको ज्यान गएको हो ।

होम आइसोलेसनमा रहनु भएका गजमेरलाई स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । नगरमा यसअघि कोरानाका कारण ३ जनाको निधन भइसकेको छ । यसैगरी, नगरमा समुदायका १० जनाको पीसीआर परीक्षणमा २ महिला सहित ६ जनामा कोरोना देखिएको छ । जसमा वडा नम्वर १ की २ महिला र ३ पुरुष र ४ का १ पुरुष रहेका छन् । यस अघि संक्रमित भएका ६१ जनाको २ सातापछिको परीक्षणमा १७ जनामा पुनः कोरोना देखिएको नगरपालिकाको श्वास्थ्य शाखाले जनाएको छ ।

नगरमा कोरोना संक्रमण बढिरहेको र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेकाले स्वास्थ्य सतर्कता अपनाउन नगर प्रमुख दिलीपकुमार राईले नगरवासीमा अनुरोध दोहोर्याउनु भएको छ ।

सम्बन्धित खवर