३ लाख रुपैयाँसहित ३ जना जुवाडे पक्राउ - Sainokhabar
  • बुधबार, मङि्सर १०, २०७७

३ लाख रुपैयाँसहित ३ जना जुवाडे पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । जुवा खेलिरहेको अवस्थामा तीन जनालाई महोत्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमा जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको छ । उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर