थप ३५१७ जनामा कोरोना संक्रमण - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

थप ३५१७ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर