२०० रुपैयाँले घट्यो सुनको मूल्य - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

२०० रुपैयाँले घट्यो सुनको मूल्य

साइनो समाचारदाता
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो ।

यस्तै तेजावी सुन पनि तोलामा २०० रूपैयाँले घटेर तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला ११८० रूपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर