मदन भण्डारी स्मृति प्रतिष्ठानको मूल गेटमै ताला, पिडित परिवारले न्याय पाएनन (भिडियो सहित) - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

मदन भण्डारी स्मृति प्रतिष्ठानको मूल गेटमै ताला, पिडित परिवारले न्याय पाएनन (भिडियो सहित)

साइनो समाचारदाता
पथरी । मोरङको उर्लाबारी नगपालिका वडा नम्बर ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको मूल गेटमै ताला लगाइएको छ ।

प्रतिष्ठानको स्थापना कालदेखि कार्यरत एक कर्मचारी मुक्तिनाथ दाहालले कार्यालय भित्रै आत्महत्या गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रतिष्ठान पक्ष र पीडित परिवार पक्ष बिच विभिन्न सहमति गरिएको थियो । तर २९ दिन बपतिसक्दा पनि उक्त सहमति कार्यान्वयनमा प्रतिष्ठान पक्ष गम्भिर नभएको भन्दै विहिबारबाट पीडित दाहाल परिवारले प्रतिष्ठानमा ताला लगाएको छ । समयमै सहमति नभए चरणबद्घ आन्दोलन गर्ने छोरा ईसान दाहालले बताए ।

बाबुको न्यायका निम्ति दाहालले सबै पक्ष संग सहयोगको अपिल गरेका छन । प्रतिष्ठानका अध्यक्ष गुरु बराल र कार्यकारी निर्देशक विनोद अर्यालको दवावका कारण बाबाले आत्माहत्या गर्नु परेको छोरा ईसान दाहालले बताए ।  बाबाको शव उठाउदा भएको सहमति कार्यान्वयन नभए पछि पिडित परिवारले प्रतिष्ठानको सबै गेटमा ताला लगाउँदै ७ बुदे माग अघि सारेका छन । राज्यका जिम्मेवार ब्यक्ती सामाजिक बिकास मन्त्रि जीवन घिमिरे लगायतले गरेको सहमति अक्षरशः तत्काल कार्यान्वयन गरिनुपर्ने माग राखेका छन् । दाहाल परिवारले सबै कर्मचारीलाई बाहिर निकालेर ताला लगाएको छन । प्रतिष्ठानका कर्मचारीको हुने बैठक समेत आन्दोलनका कारण प्रतिष्ठानमा हुनसकेको छैन ।

यता प्रशासनले प्रहरी लगाएर आन्दोलन दमन गरेको छ भने पिडित परिवारले लगाएको ताला प्रहरीले फोडे पछि स्थिति तनाव ग्रस्त बनेको थियो । पटक पटक भएको न्यायका निम्ति शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेका कारण विद्यार्थिहरु घाईते भएका थिए । ईलाका प्रहरी कार्यालयका निरिक्षक उद्घव पोख्रेलका कारण उत्तेजित बिद्यार्थिले प्रतिष्ठानको कार्यालय तोडफोड समेत गरेका थिए । शैक्षिक सँस्था भित्र प्रबेश गरी निरिक्षक पोख्रेलले छात्रा विद्यार्थिमाथी दुव्र्यवहार समेत गरेका थिए । विद्यार्थि र पिडित पक्षले दुई पटक प्रतिष्ठानमा ताला लगाई सकेका छन ।

यता प्रतिष्ठानले सहमति पूरा गर्न र घटनाको विषयमा यथार्थ पत्ता लगाउन एक समिति गठन गरिएको थियो । सामाजिक बिकास मन्त्रि जीवन घिमिरेले सहमति कार्यान्यन गर्ने सहमति गरे पछि दाहालको शव २ दिन पछि उठाईएको थियो । तर १ महिना बित्दा समेत सहमति कार्यान्वयन हुन सकेको छैन । समितिले दसैँ अघि २ दिन काम गरेको छ । यता सो प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलनमै रहेका छन् । त्यस्तै नेकपा उर्लाबारीले उच्च स्तरीय छानबिनको माग गर्दै आएको छ ।

समितिको समय सकिएको १५ दिन बिति सक्दा पनि दाहाल परिवारले न्याय नपाएको विद्यार्थीका संयोजक साजन कुवरले बताए । विद्यार्थी र पिडित परिवारले प्रतिष्ठानको मुल गेटमा दैनिक धर्ना दिदै आएका छन । दाहालका जेठा छोरा ईसान दाहाल समेत बाबाको न्यायका लागि धर्नामा बसेका छन । तर प्रतिष्ठानले पिडित परिवारको आन्दोलनको बेवास्ता गर्दै प्रहरी लगाएर आन्दोलन दमन गराउदै आएको छ ।

प्रतिष्ठानले गरेको सहमति अनुसार हाल सम्म कुनै पनि सहकार्य नभएको कारण आन्दोलनको बाटो रोज्नु परेको पिडित परिवारको भनाई छ ।

सम्बन्धित खवर