कात्तिक १४ गते सार्वजनिक बिदा - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

कात्तिक १४ गते सार्वजनिक बिदा

साइनो समाचारदाता । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनका अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज सम्पूर्ण इस्लाम धर्मावलम्बी र प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा प्रदेश र देशलाई शान्ति र अहिंसाको बाटामा लान पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ । यसैबीच पैगम्बरको जन्मदिनका उपलक्ष्यमा प्रदेश नं २ सरकारले यही कात्तिक १४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

सम्बन्धित खवर