साईकल चाेर पक्राउ - Sainokhabar
  • बुधबार, माघ ०७, २०७७

साईकल चाेर पक्राउ

साइनाे समाचारदाता पथरी । चाडवाडको मौका छोपी मोरङको पथरीशनिश्चरेमा दिउँसै साईकल चोरी भएकाे छ । बुधवार पथरी बजारमै रहेको रोजाश्री मनि ट्रान्सफरमा पैसा झिक्न आएका एक ब्याक्तीकाे साईकल चाेरी भएकाे हाे । मनि ट्रान्सफर अगाडि साईकल राखि काराेवार गरेर फर्कदा पथरीशनिश्चरेका राज राईकाे साईकल चाेरी भएकाे थियाे । मनि ट्रान्सफरमा भएको सिसिटिभि फुटेज हेर्दा अन्दाजी २०/२५ वर्षका एक युवकले साइकल चोरेको देखिन्थीयाे । राईले चोरी भएलगत्तै इलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिएका छन् ।
साइकल चोर र साईकल इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिईसकेको इलाका प्रहरी कार्यालय पथरीका डि.एस.पि दिलिपकुमार गिरीले बताए ।

सम्बन्धित खवर