बुटवल कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

बुटवल कोरोना अस्पतालमा थप दुई संक्रमितको मृत्यु

साइनो समाचारदाता
बुटवल । बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने दुवै जना रुपन्देहीका रहेका छन् ।

तिलोत्तमा–११ की ५० वर्षीया महिलाको गएराति र बुटवल–१३ का ५२ वर्षीय पुरुषको आज बिहान पचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् । डा. गौतमका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना भएकी थिइन् । यस्तै बुटवलका पुरुषमा भने कार्तिक ७ गते कोरोना पोजेटिभ देखिएको थियो । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

सम्बन्धित खवर