करेन्ट लागेर एकको मृत्यु - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

करेन्ट लागेर एकको मृत्यु

साइनो समाचारदाता
तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आठराई–५ होडाका २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहिबार बेलुका करिव ५ बजे आफ्नै घर अगाडि रहेको बिजुलीको ट्रान्स मिटरबाट कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए । वेहोस भएका बराईलीलाई उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सम्बन्धित खवर