यातायात मजदुर तथा यात्रुलाई मास्क वितरण - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

यातायात मजदुर तथा यात्रुलाई मास्क वितरण

साइनो समाचारदाता
पथरी । चाडवाड नजिकिएसँगै नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेपनि जनस्तरमा सजगताका उपाय अपनाउने क्रम घट्दै गएपछि अखिल नेपाल यातायात मजदुर संघ मोरङले सुरक्षाका तरिका अपनाउन आग्रह गरेको छ ।

संघले आज पथरीमा यातायात मजदुर तथा यात्रुहरुलाई कोरोना रोकथामका लागि मास्क वितरण गर्दै सबैलाई सृुरक्षाका तरिका अपनाउन आग्रह गरेको हो । अखिल नेपाल यातायात मजदुर संघ प्रदेश नं १ का अध्यक्ष लिला प्रधानको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला अध्यक्ष पूर्णबहादुर कार्कि, ट्राफिक कार्यालय पथरीका इन्चार्ज शैलद गच्छादारसहित सडकमा निस्किएर मजदुरहरुले अटो रिक्सा चालक, यात्रु, तथा पैदल यात्रुलाई समेत कोरोनाबाट बच्ने उपाय अपनाउन आग्रह गर्दै मास्क वितरण गरेको हो ।

सम्बन्धित खवर