नोबेलको पीसीआर ल्याब दशैंमा पनि खुल्ला हुँने, ५ घण्टामै रिपोर्ट दिइने - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

नोबेलको पीसीआर ल्याब दशैंमा पनि खुल्ला हुँने, ५ घण्टामै रिपोर्ट दिइने

साइनो समाचारदाता
बिराटनगर । नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दशैंमा पनि खुल्ला हुँने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दशैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।

कोरोनाको महामारी बढीरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दशैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘दशैंमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दशैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं ।’

दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउँनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।

यता, दशैं विदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुँने भएपनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार ईमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर