साग विजेता खवासलाई सुन्दरहरैचाद्धारा सम्मान - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

साग विजेता खवासलाई सुन्दरहरैचाद्धारा सम्मान

साइनो समाचारदाता पथरी/ सुन्दरहरैचा नगरपालिकाले १३ औं साग फुटवल खेलमा स्वर्ण पदक दिलाउने सुनदरहरैचाका विकास खवासलाई सम्मान गरेको छ । खवासलाई नगद १ लाख ५१ हजार द्धारा सम्मान गरिएको हो । सुन्दरहरैचा नगरपालिकाका खवास नेपाली सेनाका डिफेन्डर हुन । खावासले नेपाललाई दिलाएको स्वर्ण पदकको कदर गर्दै नगरपालिकाले सम्मानित गरेको हो ।

यस वर्षको फाइनल खेलमा नेपालले भुटानलाई २–१ ले हराउँदै खवासको टोलीले स्वर्ण पदक कब्जा गरेको थियो । मेयर शिवप्रसाद ढकालले बुधवार विजेता टिमका खेलाडी विकास खवासलाई १ लाख ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा एन्फा मोरङका महासचिव प्रकाश मास्की पनि उपस्थित थिए ।

सम्बन्धित खवर