वडाध्यक्ष राईले दिए महिला खेलाडीलाई खेलकुद सामग्री - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

वडाध्यक्ष राईले दिए महिला खेलाडीलाई खेलकुद सामग्री

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष सागर राईले आफ्नो वडाका महिला फुटवल खेलाडीलाई खेलकुद सामग्री प्रदान गरेका छन् । वडाध्यक्ष राईले वडाका १८ जना महिला खेलाडीलाई जनही १/१ सेट जर्सि, १/१ सेट बुट र ३ वटा फुटवल प्रदान गरेका हुन् । साथै उनले खेलमा प्रयोग हुने सुरक्षाका सामग्री पनि वितरण गरेका थिए ।

वडाध्यक्ष राईले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट केही रकम छुट्याएर आफ्ना माता पिताको नाम (गुल्सन ममता) अंकित जर्सिसहितका उक्त सामग्री प्रदान गरेका हुन् । आफ्नो वडामा भएका महिलाहरुको फुटवलप्रतिको क्रेज देखि खेल क्षेत्रमा महिलाहरुले पनि उक्तिकै योगदान दिन सक्ने र हालसम्म धेरै महिलाहरुलाहरुले खेलकुदकै माध्ययमबाट देशको नाम चम्काउन सफल भएको भन्दै राज्यले महिलाहरुलाई पनि खेलकुदमा थप हौसलाका साथ सेवा सुविधा दिन सके अझै प्रगति गर्ने बताए ।

उक्त फुटवल सामग्री वडा नं १० का वडासदस्य मैनादेवि आचार्य, स्थानिय सामाजिक अभियान्ता इन्द्रकुमारी काङ्भा, सुरज राई, गणेश थक्लुङ राईले महिला खेलाडीहरुलाई हस्तान्तरण गर्नुभएको थियो । लगायतको उपस्थितिमा खेलाडिलाई उक्त सामग्री बितरण गरिएको थियो ।

सम्बन्धित खवर