बुटवल र तिलोत्तमामा दुई संक्रमितको मृत्यु - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

बुटवल र तिलोत्तमामा दुई संक्रमितको मृत्यु

साइनो समाचारदाता । रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका वडा नं २ मणिग्रामका पुरुषको क्रिमसन अस्पतालमा मृत्यु भएको छ ।

मंगलबार कोरोना पुष्टि भएकी बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएर कोरोना विशेष अस्पताल भर्ना भएकी उनलाइ सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । मधुमेह रोगबाट पीडित ती महिलाको उपचारका क्रममा आज बिहान ५.१५ बजे मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमण भएर सात दिनदेखि होम आइसोलेशनमा बसेका मणिग्रामका ४७ वर्षीय एक पुरुषको पनि आज बिहान नै मृत्यु भएको छ । लामो समयदेखि श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको उनलाई आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि क्रिमसन अस्पताल पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले मंगलबार नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

रासस

सम्बन्धित खवर