गण्डकीमा थप १६ जनामा कोरोना - Sainokhabar
  • शनिबार, माघ ०३, २०७७

गण्डकीमा थप १६ जनामा कोरोना

साइनो समाचारदाता । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना छन् । सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोना सङ्कक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।

रासस

सम्बन्धित खवर