धरानमा थप एक सङ्क्रमितको मृत्यु - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

धरानमा थप एक सङ्क्रमितको मृत्यु

साइनो समाचारदाता
धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।

 

दुुई सय सङ्क्रमित थप

धरान उपमहानगरपालिकामा आज बिहान २०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार एन्फा क्वारेन्टिन र बिपी प्रतिष्ठानमा स्वाब सङ्कलन भएकामध्ये तिनीहरुमा पोजेटिभ देखिएको उपमहानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । यससँगै धरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार २१३ पुगेको बताइएको छ ।

रासस

सम्बन्धित खवर