संकटकाल, कर्फ्यू लाग्ने सूचना निराधार – गृह मन्त्रालय - Sainokhabar
  • शनिबार, असोज ०९, २०७८

संकटकाल, कर्फ्यू लाग्ने सूचना निराधार – गृह मन्त्रालय

साइनो समाचारदाता
काठमाडौँ । मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने, कर्फ्यू लाग्ने भनेर सूचना सम्प्रेषण भइरहेको पाइएपछि गृह मन्त्रालयले यी सूचनाको तथ्य नरहेको भन्दै सजग गराएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ती सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको हो । गृहले यस घटनालाई गम्भीरतापूर्व अनुसन्धान थालिएको पनि जनाएको छ । गृह प्रवक्ता चक्रबहादुर बुढाले त्यस्तो सूचना सम्प्रेषण गराउनेमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए । विगत केही समययता मानिसहरूलाई मोबाइलमा भ्रमपूर्ण सूचना पठाउने काम भइरहेको गुनासो गृहमा पुगेको थियो।

सम्बन्धित खवर