एक क्विन्टल गाँजासहित दुई पक्राउ - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

एक क्विन्टल गाँजासहित दुई पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । एक क्विन्टल लागूऔषध गाँजासहित दुई जनालाई सिराहा प्रहरीले पक्राउ गरेको छ । मिर्चेया नगरपालिका १ मनहर्वास्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना.५ त.१४ नम्बरको ट्याक्टरलाई आइतबार राति चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएको प्रहीले जनाएको छ ।

५ पोका ठूलो र २ पोका सानो प्लाष्टिकको बोरामा राखिएको उक्त गाँजा फेला परेपछि ट्याक्टर चालक मिर्चैया नगरपालिका १ बस्ने १९ वर्षीय सुन्दर कापर र सह चालक सोही ठाउँका २६ वर्षीय जितेन्द्र महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । लागूऔषध गाँजासहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर