थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २९४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै थप १२ जनाको मृत्यु भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ ।

सम्बन्धित खवर